
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त भए।
- उनीले डेपुटी गभर्नर बमबहादुर मिश्रबाट सपथ ग्रहण गरे र २७ वर्षभन्दा बढी अनुभव राख्छन्।
- उनी हाल राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक हुन्।
६ जेठ, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सञ्चालक समिति अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेतप्रसाद उप्रेती नियुक्त भएका छन् ।
आजको औपचारिक कार्यक्रममा उनले डेपुटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा थिए ।
नवनियुक्त अध्यक्ष उप्रेतीको केन्द्रीय बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी काम गरेको अनुभव छ भने उनी त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । हाल उनी राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा आबद्ध छन् ।
एनसीएचएल सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।
प्रतिक्रिया 4