+

ग्लोसेस्टरशायरलाई नेपालको बलियो लक्ष्य

२०८२ जेठ  ८ गते १७:४७ २०८२ जेठ ८ गते १७:४७
ग्लोसेस्टरशायरलाई नेपालको बलियो लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले लिग २ र टी-२०आई शृंखलाका लागि युकेमा अभ्यास खेल खेलिरहेको छ।
  • बिहीबार नेपालले ग्लोसेस्टरशायरलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

८ जेठ, काठमाडौं । स्कटल्याण्डमा हुने लिग २ र टी-२०आई शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँग टी-२० अभ्यास खेल खेलिरहेको छ ।

जारी खेलमा नेपालले ग्लोसेस्टरशायरको दोस्रो रोजाइको टिमलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए । ३० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै रोहित पौडेलले ३५, दिपेन्द्रसिंह ऐरीले ३२ र अनिल साहले २९ रन बनाए । आरिफ शेख ९ बलमा २२ रनमा अविजित रहँदै फिनिसिङ क्यामिओ खेले ।

ग्लोसेस्टरशायरका लागि डेभिड पेन र अमन राओले २-२ विकेट लिए । डारुश अहमद र अहमद साइदले १-१ विकेट लिए ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय