+
+
Shares

हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा दुई युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले काठमाडौंमा हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा दुई युवतीलाई पक्राउ गरेको छ ।
  • उनीहरूले सामाजिक सञ्जालमार्फत चिनजान भएका युवकलाई ब्ल्याकमेल र बलात्कारको धम्की दिएका थिए।
  • उनीहरूले युवकबाट ५ लाखको चेक लिएर गएका थिए ।

८ जेठ, काठमाडौं । हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी ट्र्यापमा पारेको आरोप छ ।

ठमेलमा मदिरा सेवन गरेपछि युवकको नग्न फोटो, भिडिओ समेत लिएर ब्ल्याक मेलिङ गरेको र बलात्कार कसुरमा फसाउनेसम्म धम्की दिएको आरोप छ ।

सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउन धम्की दिएको पाइएको थिए । अन्तिममा उनीहरूले ५ लाखको चेक लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?