+

सूर्य नेपाल च्यालेन्ज : तेस्रो दिन पनि शुक्र राईको अग्रता कायम

२०८२ जेठ  ८ गते १८:१६ २०८२ जेठ ८ गते १८:१६
सूर्य नेपाल च्यालेन्ज : तेस्रो दिन पनि शुक्र राईको अग्रता कायम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्य नेपाल गल्फ टुर २०२४–२५ को तेस्रो दिनसम्म शुक्रबहादुर राई शीर्ष स्थानमा कायम छन्।
  • भुवन कुमार रोक्काले ५-अन्डर ६३ को प्रदर्शन गरे र दोस्रो स्थानमा उक्लिए।
  • निरज तामाङले दिनकै सर्वश्रेष्ठ ६-अन्डर ६२ स्कोर गरे।

८ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज को तेस्रो दिनसम्म पनि गल्फर शुक्रबहादुर राई शीर्ष स्थानमा कायम छन्। उनले समग्रमा ११-अन्डर १९३ को स्कोर गर्दै दोस्रो स्थानमा रहेका भुवन कुमार रोक्कालाई ३ स्ट्रोकले पछि पारेका छन्। शुक्रले आज ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गरे।

भुवन कुमार रोक्का पनि आज ५-अन्डर ६३ को स्कोरसहित उत्कृष्ट फर्ममा देखिए र समग्रमा ८-अन्डर १९६ स्कोरसहित दोस्रो स्थानमा उक्लिए। त्यस्तै, निरज तामाङले दिनकै सर्वश्रेष्ठ ६-अन्डर ६२ स्कोर गर्दै समग्रमा ७-अन्डर १९७ को स्कोरसहित तेस्रो स्थान हासिल गरे।

अन्य प्रतिस्पर्धीहरूमध्ये दिनेश प्रजापति समग्रमा ५-अन्डर १९९ स्कोरसहित चौथो स्थानमा छन् भने तोरण विक्रम शाही ३-अन्डर २०१ स्कोरसहित पाँचौं स्थानमा छन्। साबिक विजेता रवि खड्का र सञ्जय लामा दुबै २-अन्डर २०२ स्कोरसहित संयुक्त छैटौं स्थानमा छन्। जयराम श्रेष्ठ र वसन्त गुरुङ १-अन्डर २०३ स्कोरसहित आठौं स्थानमा छन्।

एमेच्योर खेलाडीहरूतर्फ राहुल विश्वकर्मा १-ओभर २०५ स्कोरसहित अग्रस्थानमा छन्। उनले निश्चयजङ्ग रायमाझीलाई ३ स्ट्रोकले पछि पारेका छन्। राहुलले आज इभन-पार ६८ स्कोर गरे भने निश्चयले २-ओभर ७० स्कोर गरे।

७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडी सहभागी छन्। प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार, दोस्रोले ७० हजार, र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

शीर्ष २१ भित्र पर्ने प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितापछि शनिबार प्रो–एम खेल आयोजना हुनेछ।

सूर्य नेपाल च्यालेन्ज गल्फ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय