+
+
Shares

गाजामाथि इजरायली आक्रमणविरुद्ध इजरायलमै उठ्न थाल्यो विरोधको स्वर

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलभित्रै बढ्दो विरोध र अन्तर्राष्ट्रिय आलोचनाका बीच गाजा र इजरायलको संघर्ष जारी छ।
  • इजरायली प्रधानमन्त्री नेतन्याहूले गोलानको टिप्पणीलाई 'अपमानजनक' भन्दै प्रतिवाद गरे।
  • सर्वोच्च अदालतले प्रधानमन्त्री नेतन्याहू नेतृत्वको सरकारद्वारा सुरक्षा प्रमुखलाई बर्खास्त गर्ने निर्णयलाई 'गैरकानुनी' ठहर गरेको छ।

८ जेठ, काठमाडौं । गाजामा बढ्दो इजरायली आक्रमणपछि इजरायलभित्रै यसविरुद्ध आवाज उठाउनेहरूको संख्या बढिरहेको छ। खासगरी प्यालेस्टिनीविरुद्ध इजरायली युद्धको शैलीविरुद्ध आवाज उठाउने क्रम बढेको हो ।

वामपन्थी नेता तथा इजरायल डिफेन्स फोर्स (आईडीएफ) का पूर्व डेपुटी कमाण्डर याइर गोलानले सोमबार सार्वजनिक रूपमा भनेका थिए, ‘यदि हामी समझदार मुलुकजस्तै व्यवहार गर्न सुरु गर्दैनौं भने इजरायल पनि दक्षिण अफ्रिकाजस्तै बहिष्कृत राष्ट्र बन्नेछ ।’

इजरायल सार्वजनिक रेडियोको एक समाचार कार्यक्रममा उनले भने, ‘एक समझदार मुलुक नागरिकविरुद्ध युद्ध गर्दैन, बच्चाहरूको हत्या रमाइलोका लागि गर्दैन र जनसंख्या घटाउने लक्ष्य राख्दैन।’

बीबीसीका अनुसार प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भने गोलानको टिप्पणीलाई ‘अपमानजनक’ भन्दै प्रतिवाद गरेका छन्।

यसअघि इजरायलको अमानवीय आक्रमणविरुद्ध फ्रान्स, क्यानडा, बेलायत लगायतका देशहरूले आवाज उठाउँदै आएका छन् । यूरोपियन युनियनले इजरायलमाथि केही प्रतिबन्धको पनि घोषणा गरेको छ ।

उता, गाजाभित्र पनि केही मानिसहरूमा हमासप्रति असन्तुष्टि देखिन थालेको छ। गाजाको दक्षिणी भागमा लगातार तेस्रो दिनसम्म स्थानीयहरूले हमासविरुद्ध सडक प्रदर्शन गरेका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायल र गाजाबीचको संघर्ष सुरु भएयता गाजामा ५३ हजारभन्दा बढी मानिस मारिएका छन्।

यसैबीच, इजरायलको सर्वोच्च अदालतले प्रधानमन्त्री नेतन्याहू नेतृत्वको सरकारद्वारा सुरक्षा निकाय शिन बेटका प्रमुख रोनेन बारलाई बर्खास्त गर्ने निर्णयलाई ‘गैरकानुनी’ ठहर गरेको छ।

यो निर्णय नेतन्याहूको सरकार र देशको न्याय प्रणालीबीच चलिरहेको गहिरो संघर्षको पछिल्लो मोडको रुपमा आएको अलजजिराले जनाएको छ ।

बुधबार दिइएको फैसलामा सर्वोच्च अदालतले भनेको छ, ‘शिन बेट प्रमुखको कार्यकाल अन्त्य गर्ने सरकारको निर्णय अनुचित र गैरकानुनी प्रक्रियाबाट लिइएको हो।’

नेतन्याहू र बारबीच अक्टोबर ७ को आक्रमणसँग सम्बन्धित सुरक्षा कमजोरीलाई लिएर आरोप–प्रत्यारोप र विवाद चल्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?