News Summary
Generated by OK AI. Editorially reviewed.- न्यु डायमण्डले नवौं पीएम कप एनभीए महिला भलिबल लिगको दोस्रो दिनको पहिलो खेलमा कर्णालीलाई सोझो सेटमा हरायो।
- न्यु डायमण्डले २५-१३, २५-१०, २५-१० को स्कोरले जित हासिल गर्यो।
- यसअघि बिहीबार एपीएफ र एभरेष्ट क्लबले जित हासिल गरेका थिए।
९ जेठ, काठमाडौं । नवौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ न्यु डायमण्डले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालको बहुउद्देशिय कभर्डहलमा बिहीबार सुरु भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई सोझो सेटमा हरायो ।
न्यु डायमण्डले कर्णालीलाई २५-१३, २५-१०, २५-१० ले पराजित गरेको हो । यसअघि बिहीबार एपीएफ र एभरेष्ट क्लबले जित निकालेका थिए ।
प्रतिक्रिया 4