+
+
Shares

दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले दुई महिनाभित्र पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरे।
  • कार्यक्रममा सांसद र पशु अधिकारकर्मीहरूले ऐन छिटो पारित गर्न र आवश्यक संशोधन गर्न जोड दिए।
  • अधिवक्ताले ऐन छुट्टै कानुनको रुपमा ल्याउनुपर्ने र वर्तमान अवस्था सुधार गर्न आवश्यक रहेको बताए।

९ जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अबको दुई महिनाभित्र पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पशु कल्याणकारी संस्था स्नेहाज केयरले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अहिलेकै सबै अहिले जस्तै भए दुई महिनाभित्र ऐन जारी जानकारी दिएका हुन्।  उनले भने, ‘यो विषयमा सरोकारवालासँग छलफल गरेर दुई तीन महिनाभित्र ऐन ल्याउने गरी तयारी गर्छु ।’

स्नेहाज कयेरले नेपाल फार्मर्स एडभाइजरी काउन्सिलसँगको सहकार्यमा नेपालमा पशु कल्याणको वर्तमान अवस्था तथा पशु कल्याणको आवश्यकता र महत्व विषयक अन्तरक्रियामा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्य सम्झना थपलिया, रञ्जिता श्रेष्ठ, मिना तामाङ, विजुला रायमाझीले पशु अधिकार र पशु कल्याण ऐनका विषयमा धारणा राखेका थिए ।

समितिकी सदस्य बिजुला रायमाझीले पशु कल्याणको विषय निकै महत्वपूर्ण र पेचिलो भएको बताइन् । सबै प्राणीको बाँच्ने अधिकारलाई सुनिश्चित गर्ने गरी समितिमा दफादार छलफल गर्ने बताउँदै पशु कल्याण ऐनलाई छिटो पारित गराउन सक्दो प्रयत्न गर्ने धारणा राखिन् ।

अर्की सदस्य रञ्जिता श्रेष्ठले बोल्न नसक्ने प्राणीका लागि आफूले बोल्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘ यो गम्भीर विषय हो, यो विषयलाई प्राथमिकतामा राखेकी छु’ उनले भनिन्, ‘ऐन पारित गराउन सक्दो प्रयास गर्छु।’

कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याणको आवश्यकता र महत्व विषयमा केन्द्रित प्रस्तुतिकरण राखिन् । उनले नेपालमा पशु कल्याण ऐन पशु कल्याण अभियन्ताहरूका लागि बहुप्रतिक्षित दस्तावेज भएकोले यसलाई चाँडो पारित गरी लागु गर्नुपर्ने र समयसापेक्ष संशोधन गर्दै जानुपर्नेमा जोड दिइन् ।

बरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठले नेपालमा पशु कल्याण कानुन र अदालत विषयमा प्रस्तृतिकरण गर्दै पशु कल्याणको वर्तमान अवस्था र कानूनी प्रावधानहरूका सम्बन्धमा प्रस्ट पारे । पशु कल्याण ऐनलाई एकीकृत कानुनको रुपमा नभई छुट्टै कानुनको रुपमा ल्याउनुपर्नेमा उनले जोड दिए । उनले सम्मानित सर्वोच्च अदालतबाट भएका परमादेशहरूको मर्मबमोजिम पनि छुट्टै पशु कल्याण ऐन ल्याउनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रमका अध्यक्ष नेपाल फार्मर्स एडभाईजरी काउन्सिलका अध्यक्ष एवम् पूर्वसचिव डा.योगेन्द्र कुमार कार्कीले नेपाल पशु कल्याणका क्षेत्रमा विश्वका अन्य देशभन्दा नेपाल २०० वर्ष पछि रहेको बताए ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संघीय पशु कल्याण ऐन जारी भए लगत्तैको हिँउदे वा वर्षे अधिवेशनबाट स्थानीय पशु कल्याण ऐन जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?