News Summary
Generated by OK AI. Editorially reviewed.- शुशील शाही, निशा सार्की र किरण बोगटीले वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि जितेका छन् ।
- दौडको पाटन दरबारबाट सुरु भएर फेरि कृष्ण मन्दिरसम्म नै थियो ।
- यस म्याराथन दुईपटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भइसकेको छ ।
१० जेठ, ललितपुर । शुशील कुमार शाही, निशा सार्की र किरण सिंह बोगटीले ‘वान रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि जितेका छन् ।
शनिवार ललितपुरमा भएको हाफ म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका शुशील कुमार शाहीले १ घण्टा ५ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए । विनोद रोकाया दोस्रो र नरेन्द्र सिंह रावत तेस्रो स्थानमा रहे ।
महिलातर्फ हाफ म्याराथनमा पनि नेपाली सेनाकै निशा सार्कीले १ घण्टा २८ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् । विश्व रूपा दोस्रो र गिता महर्जन तेस्रो स्थानमा रहे।
मास्टर्स पुरुष हाफ म्याराथनतर्फ किरण सिंह बोगटी रजवार प्रथम, धर्म महर्जन दोस्रो र जापानकी मिजुकी मात्सुजाकी तेस्रो भए ।
१० किलोमिटर दौडतर्फ खुला पुरुष समूहमा सन्जय श्रेष्ठले पहिलो, रामजी बस्नेत दोस्रो र अर्जुन बुढा तेस्रो भए । खुला महिला समूहमा सन्तोषी श्रेष्ठ पहिलो, पूर्ण लक्ष्मी न्यौपाने दोस्रो र सृजना पाण्डे तेस्रो स्थानमा रहिन् । १० किलोमिटर मास्टर्स पुरुष समूहमा मनिन महर्जन प्रथम, देव महर्जन दोस्रो र राजेश महर्जन तेस्रो स्थानमा रहे ।
५ किलोमिटर खुला पुरुष दौडमा एपीएफका रुपेश कार्कीले पहिलो स्थान हात पारे। गणेश सिंह रावत दोस्रो र अखुल बहादुर पल तेस्रो भए । महिला तर्फ एपीएफकी आशा रावत प्रथम, सरस्वती भट्टराई दोस्रो र रजिना दुलाल तेस्रो स्थानमा रहिन् ।
५ किलोमिटर स्कुलतर्फ पुरुष समूहमा अजय पाण्डे प्रथम भए भने दिनेश यादव दोस्रो र हरिचन्द्र तामाङ तेस्रो भए। त्यस्तै स्कुल महिला समूहमा अस्मिता भुजेलले पहिलो स्थान प्राप्त गरिन्, गायत्री श्रेष्ठ दोस्रो र शाङ्ग्रीला श्रेष्ठ तेस्रो स्थानमा रहिन् ।
विश्वका ११० वटा सहरमा एकै दिन आयोजना गरिएको यस हाफ म्याराथनलाई हिरो लिगले अन्तर्राष्ट्रिय रूपमा आयोजना गरेको हो भने नेपालमा यसको संयोजन एनआरएस स्पोर्ट्स फाउन्डेशनले गरेको हो ।
दौड ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरबाट सुरु भई पुनः त्यहीँ पुेर समाप्त भएको थियो । दौडको रुट पाटन दरबार, मंगलबजार, पुलचोक, जावलाखेल, एकान्तकुना, सातदोबाटो, बल्खु, कलंकी, सितापाइला हुँदै पुनः कृष्ण मन्दिरसम्म पुगेको थियो ।
गत वर्षदेखि नेपालमा पनि आयोजना हुँदै आएको यस दौडमा बालबालिका, युवा, ज्येष्ठ नागरिकलगायत सबै उमेर समूहका धावकहरूको सहभागिता रहेको थियो ।
नेपालसहित बहराइन, बंगलादेश, ब्राजिल, चीन, भारत, कतार, मलेसिया, साउदी अरेबिया, ट्युनिसिया, भेनेजुएला, रुस लगायत देशमा भएको हाफ म्याारथनमा ४०,००० भन्दा बढी अन्तर्राष्ट्रिय धावकहरूले सहभागिता जनाएका थिए । नेपालमा करिब १ हजार धावकले सहभागिता जनाएका थिए ।
यस म्याराथन दुईपटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भइसकेको छ ।
प्रतिक्रिया 4