+

यूएईमा पाँचौ एनबिसी ब्याडमिन्टन च्याम्पियनसिप हुने

२०८२ जेठ  १० गते २२:०८ २०८२ जेठ १० गते २२:०८
यूएईमा पाँचौ एनबिसी ब्याडमिन्टन च्याम्पियनसिप हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ब्याडमिन्टन समूह यूएईले शारजाहमा पाँचौ एनबिसी ब्याडमिन्टन च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेको छ।
  • प्रतियोगिता जुन १ मा आयोजना हुनेछ र चार तहमा प्रतिस्पर्धा हुनेछ।
  • ३० देखि ३५ टिमको सहभागिता अपेक्षा गरिएको छ।

१० जेठ, काठमाडौं । नेपाल ब्याडमिन्टन समूह यूएईको आयोजनामा शारजाहमा पाँचौ एनबिसी ब्याडमिन्टन च्याम्पियनसिप कप २०२५ हुने भएको छ ।

स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ नेपाल ब्याडमिन्टन कम्युनिटी (एनबिसि) यूएईले आगामी जुन १ तारिखमा एस्ट्रा ब्याडमिन्टन स्टेडियम शारजहामा प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा ईलाईट, एडभान्स, ईन्टरमिडिटेड र विगिनर गरि चार तहमा प्रतिस्पर्धा हुनेछ र ३० देखि ३५ टिमको सहभागिता हुने अपेक्षा छ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टोलिलाई ट्रफी, मेडलसहित नगद पुरस्कारसहित सम्मान गरिने छ ।

रोजगार र व्यवसायको सिलसिलामा यूएईमा रहेका नेपाली ब्याडमिन्टन खेलाडिलाई प्रतियोगितामा सहभागी हुन नेपाल ब्याडमिन्टन समूह यूएईका प्रतिनिधि सुनिल पौडेलले आग्रह गरेका छन् ।

यूएईमा रहेका नेपालीहरुमा एकता बढाउनु प्रतियोगिताको मूख्य उद्देश्य रहेको रहेको आयोजकले जनाएको छ।

एनबिसी ब्याडमिन्टन च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय