+
+
Shares

वित्तीय प्रणालीमा अधिक तरलता हुँदा विकास ऋणपत्र ल्याइने

कार्ययोजनामा राजस्व र खर्चबीच अन्तर पूरा गर्नमात्र छोटो अवधिका ट्रेजरी बिल जारी गर्न अर्थ मन्त्रालय र केन्द्रीय बैंकलाई निर्देशन दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा दीर्घकालीन आयोजना लागि विकास ऋणपत्र जारी गर्ने योजना बनाएको छ।
  • अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयहरूलाई आयोजना छनोट र जलवायु वित्त सञ्चालनको जिम्मेवारी तोकिएको छ।
  • कार्ययोजनाले चालु खर्चका लागि ऋण परिचालन नगर्न र आन्तरिक ऋण सीमा निर्धारणमा आधार परिवर्तन गर्न निर्देशन दिएको छ।

११ जेठ, काठमाडौं । सरकारले बैंकिङ प्रणालीमा अधिक तरलता भएको समयमा विकास ऋणपत्र जारी गर्ने भएको छ ।

सरकारले दीर्घकालीन प्रकृतिका परियोजनाका लागि वित्तीय प्रणालीको अधिक तरलता प्रयोग गर्ने भएको हो । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न बनाएको कार्ययोजना अनुसार आगामी एक वर्षभित्र दीर्घकालीन आयोजना छनोट गरेर विकास ऋणपत्र जारी गर्ने भएको हो ।

त्यसका लागि आवश्यक कामको जिम्मेवारी सम्बन्धित निकायका रूपमा अर्थ मन्त्रालयलाई तोकिएको छ । साथै, आयोजनासँग सम्बन्धित मन्त्रालयहरूलाई पनि यस्तो कामको जिम्मा तोकिएको छ ।

कार्ययोजनाले चालु खर्चका लागि ऋण परिचालन नगर्न सुझाएको छ । त्यसका साथै राजस्व र खर्चबीच अन्तर पूरा गर्नमात्र छोटो अवधिका ट्रेजरी बिल जारी गर्न अर्थ मन्त्रालय र केन्द्रीय बैंकलाई निर्देशन दिएको छ ।

प्रचलित ब्याजदर भन्दा बढी प्रतिफल दिने आयोजनामा मात्र ऋण लिने र यस्ता आयोजना सम्पन्न हुन लाग्ने अवधि बराबर विकास ऋणपत्र जारी गर्ने आवश्यक काम गर्न कार्ययोजनाले अर्थ मन्त्रालयलाई तोकिएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएको अवस्थामा दीर्घकालीन प्रकृतिका आयोजना छनोट गरी विकास ऋणपत्र जारी गर्न कार्ययोजनाले सुझाएको छ ।

जलवायु वित्त परिचालन गरी यसबाट बढिभन्दा बढी फाइदा लिन जलवायु वित्तका उपयुक्त आयोजना छनोट गर्न समेत कार्ययोजनाले अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई तोकेको छ । यो काम दुवै मन्त्रालयले निरन्तर गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

त्यसैगरी आन्तरिक ऋण सीमा तोक्दा कुल आन्तरिक ऋणभन्दा त्यो वर्ष हुने भुक्तानी घटाएर प्राप्त हुने खुद अड्कल आधार लिने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई एक वर्षको समय दिइएको छ । दुवै निकायले यसरी अड्कल गर्दा आन्तरिक ऋण सीमा तोक्ने आधार परिवर्तन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?