News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले जाबी अलोन्सोलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।
 - अलोन्सोको औपचारिक प्रस्तुतिकरण मे २६ मा रियल मड्रिड सिटीमा हुनेछ।
 
११ जेठ, काठमाडौं । स्पानिस क्लबल रियल मड्रिडले नयाँ प्रशिक्षकको रूपमा क्लबकै पूर्वखेलाडी जाबी अलोन्सोलाई नियुक्त गरेको छ ।
रियल मड्रिडले स्पेनी प्रशिक्षक जाबीसँग क्लबले तीन वर्षे सम्झौता गरेको छ । उनको सम्झौता सन् २०२५ को जुन १ देखि सन् २०२८ को जुन ३० सम्म लागू हुनेछ । सम्झौताको पहिलो दुई वर्ष निश्चित छन् भने तेस्रो वर्ष प्रदर्शनमा आधारित रहनेछ।
क्लबले जानकारी दिएको अनुसार अलोन्सोको औपचारिक प्रस्तुतिकरण मे २६ मा ‘रियल मड्रिड सिटी’ मा गरिनेछ।
क्लबद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘रियल म्याड्रिड सीएफले जानकारी गराउँछ कि जाबी अलोन्सो सन् २०२५ जुन १ देखि सन् २०२८ जुन ३० सम्म तीन सिजनका लागि क्लबको प्रशिक्षक रहनेछन्।’
जाबी आलोन्सोले क्लबका लागि सफल कार्यकाल सम्हालेका कार्लो एन्सेलोटीको स्थान लिनेछन् । आइतबार राति रियल सोसिएडाडविरुद्धको खेल एन्सेलोटीको अन्तिम खेल थियो।
सो खेल लुका मोड्रिच र लुकास भास्क्वेजका लागि समेत घरेलु मैदानमा बिदाई खेलको रूपमा थियो । यद्यपी, दुवै खेलाडीले अमेरिकामा हुने फिफा क्लब विश्वकपसम्म भने खेल्नेछन् ।
स्पेनबाट सन् २०१० मा फिफा विश्वकपको उपाधि जितेका जाबीले यसअघि सन् २००९ देखि २०१४ सम्म रियलबाट खेलेका थिए । जहाँ उनले २३६ खेल खेलेका थिए । यस्तै सन् २०१८ मा रियल मड्रिड एकेडेमीको प्रशिक्षण सम्हालेका थिए । त्यसपछि स्पेनकै रियल सोसिडाड बी टिम सम्हालेका उनले २०२२ देखि २०२५ सम्म जर्मन क्लब बायर लेभरकुजको प्रशिक्षण सम्हाले । गत सिजन लेभरकुजनलाई जर्मन लिग च्याम्पियन बनाएका जाबीले केही समयअघि लेभरकुजन छाडेका थिए ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4