+
+
Shares

भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध छुट्टै मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोडको घटनामा ११ जना विरुद्ध मुद्दा दर्ता गरियो।
  • जिल्ला सरकारी वकिलको कार्यालयले १५ चैतको घटनामा ४० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
  • मुद्दामा संलग्न रहेका व्यक्तिहरूमा विभिन्न उमेरका ११ जना छन्।

११ जेठ, काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट एन्ड  डिपार्टमेन्ट स्टोरमा तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको कसुरमा बेग्लै मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले १५ चैतको घटनामा ४० जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । त्यसबाहेक ११ जनाविरुद्ध भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव, अन्नपूर्ण पोष्ट लगायतबाट परेको जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो ।

तोडफोडमा संलग्न रहेर मुद्दा दायर भएकाहरूमा २९ वर्षीय श्रवणकुमार लामा, २१ वर्षीय समिर मगर, २० वर्षीय रविरञ्जन कुमार सिंह, ४० वर्षीय एलिसा राई भनिने लक्ष्मी राई, २० वर्षीय आशिककुमार महतो, १९ वर्षीय गोविन्द राय, ४४ वर्षीय सुशीला कुमाल, ३९ वर्षीय निर्मला कार्की, २४ वर्षीय प्रेमकुमार महतो, १९ वर्षीय राधेश्याम यादव र २० वर्षीय दिनेश महतो छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?