+

राष्ट्रपति रनिङ शिल्ड जेठ २८ गतेदेखि, ६८६ खेलाडी सहभागी हुने

२०८२ जेठ  ११ गते २०:३७ २०८२ जेठ ११ गते २०:३७
राष्ट्रपति रनिङ शिल्ड जेठ २८ गतेदेखि, ६८६ खेलाडी सहभागी हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २८ देखि ३० जेठसम्म काठमाडौंमा आयोजना हुनेछ।
  • प्रतियोगिताको उद्घाटन राष्ट्रपति द्वारा हुने र सम्बन्धित खेल संघलाई जिम्मेवारी दिइएको छ।
  • सात प्रदेशबाट ९८ खेलाडी गरी ६८६ खेलाडी र १७ अधिकारी सहभागी हुनेछन्।

११ जेठ, काठमाडौं । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले हालै गरेको निर्णय अनुसार प्रतियोगिता सम्पन्न गर्न तयारी सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएकाले निमन्त्रणका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्न व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

समितिको आइतबार बसेको बैठकले प्रतियोगिता उद्घाटन र सन्चालन सम्बन्धमा सम्बन्धित खेल संघ र मुख्य प्रशिक्षकहरुलाई जिम्मेवारी दिइएको छ । खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका प्रतियोगिता हुनेछन् ।

राष्ट्रपति रनिङ सिल्डलाई भव्य रुपमा आयोजना गर्न परिषद्का सदस्य सचिव टंकलाल घिसिङले व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् ।

पालिका, जिल्ला हुँदै प्रदेशको टिमबाट खेलाडीहरु केन्द्र तहको राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जानकारी दिए । प्रत्येक प्रदेशबाट ४९ छात्रा र ४९ छात्र गरि ९८ खेलाडी हुनेछन् । यस्तै  सात प्रदेशबाट ६८६ खेलाडी र १७ जना अफिसियल सहभागी हुने छन् । सातवटै प्रदेशबाट सहभागिता रहने अपेक्षा गरिएको सचिव शर्माले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्स र उसु दशरथ रंगशालामा सञ्चालन हुनेछ भने  कराते र तेक्वान्दो सातदोबाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने छन् ।

राष्ट्रपति रनिङ शिल्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय