+

एचजेबीएल : गोल्डेनगेटको लगातार पाँचौ जित

२०८२ जेठ  ११ गते २१:२४ २०८२ जेठ ११ गते २१:२४
एचजेबीएल : गोल्डेनगेटको लगातार पाँचौ जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिगमा कीर्तिपुरलाई ८१-६४ ले पराजित गरी पाँचौं जित दर्ता गर्‍यो।
  • खेलमा गोल्डेनगेटले लगातार पाँचौं जित हासिल गर्‍यो र हाउण्ड्स एकेडेमीसँगै शीर्ष स्थानमा छ।
  • अजय कुश्वाहलाई खेलको मोस्ट भ्यालुएबल प्लेयर घोषित गरिएको हो।

११ जेठ, काठमाडौं । गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार कीर्तिपुरलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले घरेलु टोली कीर्तिपुरलाई ८१-६४ ले पराजित गरेको हो ।

पाँचौ जितपछि गोल्डनेगेटले ६ खेलबाट शीर्ष स्थानको हाउण्ड्स एकेडेमी समान ११ अंक जोडेको छ । पहिलो खेलमा टाइम्ससँग पराजित भएको गोल्डेनगेटले लिगमा लगातार पाँचौ जित हात पारेको हो । लिगमा हाउण्ड्सलाई हराउने एक मात्र टिम गोल्डेनगेट हो ।

कीर्तिपुरको भने यो लगातार चौथो हार हो । सुरुवाती दुई खेलमा सामाखुशी युथ क्लबलाई हराएपछि कीर्तिपुरले जित हात पार्न सकेको छैन ।

कीर्तिपुरल विरुद्ध गोल्डेनगेटको यो दोस्रो जित हो । लिगमा यसअघि पहिलो खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ९२-६५ ले पराजित गरेको थियो ।

गोल्डेनगेटले सुरुवात देखि नै अलमा अग्रता लिँदै अन्तिमसम्म कायम राखेको थियो । पहिलो क्वाटर २६-२० र दोस्रो क्वाटर १८-१५ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै गोल्डेनगेटले तेस्रो क्वाटर २१-१७ र चौथो क्वाटर १७-१२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

खेलको मोस्ट भ्यालुएबल प्लेअर गोल्डेनगेटका अजय कुश्वाह भए । गोल्डेनगेटका लागि सुदिप पौडेलले सर्वाधिक २३ अंक स्कोर गरे । कीर्तिपुरका लागि निश्चल महर्जनले २२ अंक स्कोर गरे ।

हिमालयन जाभा बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय