+
+
Shares

नेसपासँगको एकताबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक काठमाडौंमा बसिरहेको छ।
  • बैठकले नेपाल समाजवादी पार्टीसँगको पार्टी एकता बारे छलफल गरिरहेको छ।
  • अध्यक्ष यादवले एकता प्रक्रिया अवैधानिक भएको टिप्पणी गरेका छन्।

१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । नेपाल समाजवादी पार्टी (नेसपा) सँगको पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बसिरहेको हो ।

नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने लिखित सहमति २०८० चैत ३ गते भएको थियो ।

तर अध्यक्ष यादव एकताका लागि पछि हटेको भन्दै सहअध्यक्ष श्रेष्ठ अघि बढेर पार्टी पुनर्गठन गरेको घोषणा गरेका हुन् । र, आज अध्यक्ष महिन्द्र राय यादवलाई छाडेर श्रेष्ठ नेतृत्वको टिमले माओवादी केन्द्रसँग एकता घोषणा गर्दैछ । श्रेष्ठले २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

अध्यक्ष महिन्द्र राय यादवले भने गंगानारायण श्रेष्ठको कदम अवैधानिक भएको भन्दै उनी एकता नभई पार्टी प्रवेश गर्न लागेको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?