 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘जन्ते बाख्रो’ले पूर्वदेखि पश्चिम नेपालसम्म प्रचार अभियान थालेको छ।
- सामाजिक कमेडी कथावस्तुमा आधारित यस फिल्मको प्रदर्शन २३ जेठदेखि हुने तय भएको छ।
- सामाजिक परम्परामा आधारित गीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।
काठमाडौं । फिल्म ‘जन्ते बाख्रो’ले पूर्वी नेपालबाट प्रवर्धन अभियान थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्म प्रचारप्रसार अभियान गरिने निर्माता सन्तोष गौतमले जानकारी दिए ।
‘फिल्म दर्शकमाझ लैजान प्रयास गरिरहेका छौं’ झापाबाट प्रचार थालेको जानकारी दिँदै गौतमले भने, ‘हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’मय वातावरण सिर्जना गर्नु हो ।’
प्रचारको क्रममा सार्वजनिक गरिएका तीन गीत ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । ट्रेलर सोमबारदेखि इन्टरनेटमा पनि उपलब्ध हुनेछ । युट्युबमा गीत, संगीत र ट्रेलर डिजिटल पार्टनर जी टूवान डिजिटलको च्यानलबाट हेर्न सकिनेछ ।

सिमोस सुनुवार निर्देशित फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरको अभिनय छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ । यो फिल्म २३ जेठदेखि प्रदर्शन तयारीमा छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4