
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ
१२ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक माथि उठेका प्रश्नमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
सोमबार दिउँसो अपरान्ह ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो ।
बैठकमा छलफलका लागि तीन एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।
छलफलका विषयमा गृहमन्त्री लेखकमाथि उठेको प्रश्न, संसदमा रास्वपाले निर्वाह गर्नुपर्ने भूमिका र विविध रहेको झाले जानकारी गराए ।
बैठक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको नेतृत्वमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4