 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–३ मा स्कुटर दुर्घटनामा १८ वर्षीया मनिसा परियारको मृत्यु भयो।
- उनले चलाएको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो।
- दुर्घटनामा घाइते भएका पैदलयात्री र स्कुटर चालकलाई अस्पताल पुर्याइएको थियो।
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३ मा स्कुटर दुर्घटना भएको छ ।
एक पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको स्कुटरका चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी घर भई चाबहिल बस्ने १८ वर्षीया मनिसा परियार छिन् । उनी स्कुटर चालक रहेको प्रहरीले बताएको छ । उनले चलाएको स्कुटरले गए राति एक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
त्यसपछि स्कुटर समेत अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पैदलयात्री र स्कुटर चालक दुबैलाई उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल पठाइएको थियो ।
पैदलयात्रीको अहिले पनि उपचार जारी छ भने स्कुटर चालकको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4