+

१५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप नेपालमा हुने

२०८२ जेठ  १२ गते १६:२१ २०८२ जेठ १२ गते १६:२१
१५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप नेपालमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा १५औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ ।
  • डिसेम्बर १८ देखि २० सम्म काठमाडौंको दशरथ रंगशालामा च्याम्पियनसिप आयोजना हुनेछ।
  • प्रतियोगितामा १५ देशका सात सयभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।

१२ जेठ, काठमाडौं । नेपालमा १५औं संस्करणको इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) आयोजना हुने भएको छ। डिसेम्बर १८ देखि २० तारिखसम्म दशरथ रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा १५ देशका सात सयभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था आइओएफटिसी नेपालले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने तयारी गरेको जानकारी दिएको छ।

अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीको सहयोगमा नेपालमा आयोजना हुन लागेको यो प्रतियोगिता २५ वर्षे यात्राको विशेष संस्करण हुनेछ।

सन् २००० देखि सुरु भएको यस च्याम्पियनसिपको यो १५औँ संस्करण हो। आइओएफटिसीले प्रत्येक दुई वर्षमा एकपटक अमेरिका र अर्को पटक अन्य देशमा च्याम्पियनसिप गर्दै आएको छ। यसअघिका संस्करणहरू अमेरिका, नेपाल, भारत, बेलायत, हङकङ, मिचिगन र दक्षिण कोरियामा सम्पन्न भइसकेका छन्।

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्सलगायतका देशका खेलाडीहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा सिनियर, जुनियर, क्याडेट तहमा पुरुष तथा महिलाले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। पुम्से, बोर्ड ब्रेकिङ लगायत विभिन्न विधामा खेल सञ्चालन हुनेछ।

कूल ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ भने बोर्ड ब्रेकिङमा समेत पदक प्रदान गरिनेछ। प्रतियोगिताको पहिलो दिन कोरियाली प्रशिक्षक मिन हाक सिओद्वारा पुम्से सेमिनार सञ्चालन गरिनेछ।

साथै, ओलम्पिक स्वर्ण पदक विजेता तथा विश्व तेक्वान्दो महासंघका अध्यक्ष मुन डाइ सुङ नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय