+

टीआईए, पारामाउन्ट र भ्याली पब्लिकलाई स्किब्स कप

२०८२ जेठ  १२ गते २१:५५ २०८२ जेठ १२ गते २१:५५
टीआईए, पारामाउन्ट र भ्याली पब्लिकलाई स्किब्स कप

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा टीआईए, पारामाउन्ट एकेडेमी र भ्याली पब्लिक विजयी भएका छन्।
  • टीआईए सिनियर ब्वाइज, पारामाउन्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बने।

१२ जेठ, काठमाडौं । टीआईए, पारामाउन्ट एकेडेमी र भ्याली पब्लिकले नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

टीआईए सिनियर ब्वाइज, पारामाउन्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बने ।

बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा टीआईएले न्युटनलाई २१–१२ ले पराजित गर्‍यो । जुनियर ब्वाइजको फाइनलमा पारामाउन्टले ज्ञान निकेतनलाई १९–७ ले हरायो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले त्रिज्योतिलाई २१–८ ले पाखा लगायो ।

सिनियर ब्वाइजमा टीआईएका वर्दान थापा, जुनियर ब्वाइजमा पारामाउन्टका सुदीप घले र सिनियर गर्ल्समा भ्याली पब्लिककी दृष्य गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

तीनदिने प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा २३ र सिनियर गर्ल्समा १६ टिम सहभागी थिए ।

स्किब्स कप बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय