+

आर्मीलाई महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि

२०८२ जेठ  १२ गते २१:०८ २०८२ जेठ १२ गते २१:०८
आर्मीलाई महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि जित्यो।
  • आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई पराजित गर्‍यो ।

१२ जेठ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि सोमबार जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २०–५ ले पराजित गर्‍यो ।

उपाधिसँगै आर्मीले १ लाख नगद पुरस्कार हात पार्‍यो भने एपीएफले ५० हजार नगद पुरस्कार पायो ।

सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोग तथा व्यवस्थापनामा भएको प्रतियोगितामा आर्मीकी मुना सोरेन उत्कृष्ट खेलाडी घोषित भइन् । सोरेनले ७ हजार नगद पुरस्कार पाइन् ।

विजेतालाई पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, माओवादी केन्द्र झापा जिल्लाका इन्चार्ज रन्जित तामाङ, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकेडेमीले प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत रग्बीपछि ब्याडमिन्टन, फुटसल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्ने छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

महिला राष्ट्रिय रग्बी सेभेन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय