
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार काउलीको मूल्य बढेको हो।
- आज स्थानीय काउलीको प्रतिकिलो थोक मूल्य न्यूनतम २५ र अधिकतम ३५ रुपैयाँ कायम छ।
- मूल्य शनिबारदेखि बढ्न थालेको तथ्यांकले देखाउँछ।
१३ जेठ, काठमाडौं । बजारमा स्थानीय काउलीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार काउलीको मूल्य बढेको देखिएको हो ।
आज मंगलबार स्थानीय काउलीको प्रतिकिलो थोक मूल्य न्यूनतम २५ देखि अधिकतम ३५ रुपैयाँ कायम छ । सोमबारको तुलनामा यो मूल्य प्रतिकिलो १० रुपैयाँ बढी हो ।
सोमबार स्थानीय काउली प्रतिकिलो न्यूनतम २० देखि अधिकतम ३० रुपैयाँमा कारोबार भएको थियो ।
गएको शनिबारदेखि काउलीको मूल्य बढ्न थालेको तथ्यांकले देखाउँछ । वैशाख अन्तिम साता स्थानीय काउली प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4