+
+
Shares

आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित प्रतिनिधिसभा अझै सुरु हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भयो।
  • विपक्षी दलले उच्चस्तरीय छानविन समिति बनाएर अनुसन्धान गर्न माग गरे, जसका कारण बैठक अझै सुरु भएको छैन।
  • सत्तापक्षका सांसदहरूले गृहमन्त्रीलाई जवाफका लागि समय दिन आग्रह गरे, सभामुखले बैठक आधा घण्टा स्थगित गरे।

१३ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित प्रतिनिधिसभा अझै सुरु हुन सकेको छैन ।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरेका हुन् ।

उनीहरू उच्चस्तरीय छानविन समिति बनाएर गृहमन्त्रीमाथि पनि अनुसन्धान गर्न माग गरेका छन् । गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् अघि बढ्न नसक्ने भन्दै विपक्षी दलका सांसदले निरन्तर नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

सत्तापक्षका सांसदहरूले भने आफूमाथि लागेको आरोपबारे जवाफ दिन गृहमन्त्री उपस्थित भएकाले उनलाई बोल्न दिनुपर्ने बताएका छन् ।

बैठक स्थगित गरेर सभामुख आन्तरिक छलफलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?