
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि यातायात पूर्णरुपमा बन्द भएको थियो।
- बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख नरेशराज सुवेदीले वैकल्पिक बाटो बनाएर यातायात सञ्चालन सुरु भएको जानकारी दिए।
- पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द हुँदा यात्रु अलपत्र परेका थिए ।
१३ जेठ, धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि ठप्प भएको यातायात पुनः सञ्चालनमा आएको छ ।
पुलमुनि डाइभर्सन बनाएर वैकल्पिक बाटो तयार गरी यातायात पुनः सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको थियो । गन्तव्यतर्फ हिँडेका यात्रु अलपत्र परेका थिए । अहिले आलोपालो गरेर दुवैबाट यातायात संचालन गरिएको एसपी सवेदीले बताए । उनले सुरुमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडीहरू पठाइएको जानकारी दिए ।
पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि वारितर्फका गाडी वारि नै र पारीतर्फका सवारीहरू पारी नै अलपत्र परेका थिए ।
प्रतिक्रिया 4