+
+
Shares

‘सार्वजनिक यातायात व्यवसायीको पेसागत हितका लागि आन्दोलन’

सरोज सिटौला सरोज सिटौला
२०८२ जेठ १३ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्दोलनको मुख्य कारण राइड शेयरिङ र माल बोकेका सवारीको नियमनको अभाव हो।
  • संघीय र प्रदेश सरकारलाई माग राख्दै आन्दोलन गरिएको हो।
  • सार्वजनिक यातायात र माल बोकेका सवारीको समस्या समाधान गर्न सरकारलाई आग्रह गरिएको छ।

हामीले रहर भएर आन्दोलन गरेका होइनौं । हाम्रो मागहरुलाई सरकारले वेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएका हौं । देशभित्र यति धेरै पूँजी लगानी गरेको सार्वजनिक यातायात क्षेत्रलाई मार्ने गरी सरकार अगाडि बढ्छ भने हामी बाँच्नकै लागि आन्दोलनमा होमिनुपर्छ ।

आन्दोलनको परिचालन समितिको मुख्य संयोजक म आफैं छु, मेरो नेतृत्वमा ५ सय १ सदस्य छन् । यस बाहेक विभिन्न समितिहरु गठन भएर आन्दोलनलाई वृहत बनाउने तयारी रहेको छ ।
अहिले हामीले आन्दोलन गर्र्नुको कारण राइड शेयरिङ पनि मुख्य हो । संघीय सरकारले कानून बनाएको छैन तर, प्रदेश सरकार अगाडि बढेर नीजि नम्बर प्लेटलाई यात्रु चढाउन दिने नीति राम्रो होइन ।

कालो प्लेट नदिएर अरु रङको प्लेट दिएको भए हुने थियो तर, रातै नम्बर प्लेटमा नीजि र सार्वजनिक यातायात छुट्टिनै नसक्ने गरी राइड सेयरिङ दिनु गलत हो ।  हामीलाई सिन्डिकेटको के के भन्ने आरोप छ, त्यो होइन । कोहि व्यक्ति सार्वजनिक यातायात मार्फत नै आफ्नो घर, परिवार चलाइरहेको छ भने त्यसलाई मार्ने की बचाउने ? त्यो सरकारको हातमा छ ।

अहिले फेरी हामीले राइड सेयरिङको मात्रै माग गरेको होइन । भारतबाट क्षमता भन्दा धेरै माल बोकेका सवारी नेपाल छिरिरहेका छन् । पुल भाँचिरहेका छन्, त्यसको नियमन हुनुपर्दैन ? त्यसको लागि पनि हामीले आवाज उठाएका हौं ।

सर्वोच्च अदालतले संघ समिति नविकरण सम्पती फुकुवाको परामादेश दिइसकेको छ । २ वर्ष अगाडि दिएको आदेशको पालना सरकारलाई गर्न आग्रह गर्दै हामीले आन्दोलन गर्ने भनेका हौं । जहाँसम्म हामीले आन्दोलन गर्दा पर्ने असरको कुरा छ, त्यसमा यातायात व्यवसायीहरुको बाध्यता भनेर बुझ्न आवश्यक छ ।

शिक्षकहरुले आन्दोलन गर्दा कक्षाकोठा अवरुद्ध भएका थिएनन् र ? फेरी हामीले समय दिएर सरकारलाई सच्चिन आग्रह गरेको पनि छौं । अब कतै सुनुवाई नभएपछिको अन्तिम विकल्प त आन्दोलन नै हो । आन्दोलन गरेर आम मान्छेलाई दुख दिने हाम्रो नियत होइन ।

( गण्डकी प्रदेशले नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिनेगरी नियमावली जारी गरेपछि सार्वजनिक यातायात व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । सोही सन्दर्भमा घोषणा भएको आन्दोलन समितिका संयोजक रहेका राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलासँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?