+

एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई राखेपको बधाई तथा शुभकामना

२०८२ जेठ  १३ गते २०:०८ २०८२ जेठ १३ गते २०:०८
एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई राखेपको बधाई तथा शुभकामना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राखेपले एनएसजेएफका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको छ।
  • सदस्यसचिव टङकलाल घिसिङले खेलकुद पत्रकार मञ्चसँग मिलेर कार्यक्रम आयोजना र अनुसन्धानमा सहकार्य गर्ने इच्छा व्यक्त गरे।
  • एनएसजेएफ अध्यक्ष निरञ्जन अधिकारीले यी दुई संस्थाबीचको सहकार्य अझ सुमधुर हुने विश्वास व्यक्त गरे।

१३ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

राखेपका सदस्यसचिव टङकलाल घिसिङले एनएसजेफको टिमसँग आफ्नो कार्यकक्षमा साक्षात्कार गर्दै नवनिर्वाचित टिमको कार्यकालको सफलताको कामना गरे ।

गत महिना एनएसजेएफको २०औं साधारण सभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको थियो । सो कार्यसमितिले प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिएको थियो । शाक्यलाई एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ ।

सदस्यसचिव घिसिङले खेलकुद पत्रकार मञ्चसँग मिलेर राखेप खेलकुदसम्बन्धी ‘कन्क्लेभ’को आयोजना गर्न इच्छुक रहेको बताए । उनले नेपाली खेलकुदसम्बन्धी अनुसन्धानका लागि एनएसजेएफ एकेडेमीसँग मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गरे ।

यसैगरी सदस्यसचिव घिसिङले एनएसजेएफको आयोजनामा हुने पल्सर स्पोर्ट्स अवार्डको प्रशंसा पनि गरेका थिए ।

खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष अधिकारीले राखेपले खेलकुद पत्रकार मञ्चको यात्रामा सँधै सहकार्य गर्दै आएको र यी दुई संस्थाबिचको सम्बन्ध अझ सुमुधुर हुने बताए ।

उनले नेपाली खेलकुदको विकासमा यी दुई संस्थाबिच सधैं रचनात्मक र सिर्जनात्मक सहकार्य हुने उल्लेद गरे ।

टंकलाल घिसिङ नेपाल खेलकुद पत्रकार मञ्च
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय