
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनमा क्षितिज थेबेको प्यानल विजयी भयो।
- सुमन पुरी पराजित भए पनि उनले पार्टीभित्र आन्तरिक लोकतन्त्रको मजबुतता दर्शाएको प्रतिक्रिया दिए।
- सुमन पुरीले चुनावलाई हार र जितभन्दा पार्टीको संगठनात्मक गतिविधिको रुपमा लिइदिन आग्रह गरे।
१३ जेठ, पोखरा। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ भने अर्का प्रतिस्पर्धी सुमन पुरी पराजित भएका छन् ।
थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।
चुनावमा हारे पनि अध्यक्षका प्रतिस्पर्धी सुमन पुरीले पार्टीभित्र आन्तरिक लोकतन्त्रको अध्यास मजबुत बनेको प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘युवा संघको पाँचौं महाधिवेशनमा निर्वाचन पक्रियामार्फत साथीहरूले निर्वाचित हुनुभएको छ । उहाँहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। राजनीतिमा धेरै कुराहरू हुन्छन्। तर पार्टीभित्र भने हाम्रो आन्तरिक लोकतन्त्र मजबुत बनेको छ ।’
साथै उनले यो चुनावलाई हार र जितको भन्दा पनि पार्टीको एउटा संगठनात्मक गतिविधिको रुपमा लिइदिन पनि सबैसँगै आग्रह गरेका छन् ।
प्रतिक्रिया 4