
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्री दीपक खड्काले वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्न काम भइरहेको बताए।
- विभागका महानिर्देशकले यस वर्ष मनसुन अवधि जेठ १८ देखि असोज १४ सम्म रहने जानकारी दिए।
- विभागले कृषकलाई साप्ताहिक रूपमा कृषि मौसम पूर्वानुमान प्रणालीको जानकारी दिँदै आएको छ।
१३ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको बताएका छन् । मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुगेका मन्त्री खड्काले वडा तहसम्म मौसम पूर्वानुमान सूचनालाई सम्प्रेषण गर्नेगरी विभागले काम गरिरहेको बताए ।
‘गत वर्षभन्दा यसवर्ष धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ, मौसम पूर्वानुमान प्रणालीलाई वडा तहसम्म पुर्याउन सकिए विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्छ भन्ने हाम्रो विश्वास हो । यसका लागि मन्त्रालय र विभागले काम गरिरेहको छ’, मन्त्री खड्काले भने ।
विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने बताए । उनले कृषकका लागि साप्ताहिक रूपमा कृषि मौसम पूर्वानुमान प्रणालीबारे जानकारी दिँदै आइएको बताए । उनले यस वर्ष एक हजार ५०० मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको उल्लेख गरे ।
प्रतिक्रिया 4