
१४ जेठ, जनकपुरधाम । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेश सरकारको प्रशासनिक तथा आवस क्षेत्र रहेको मधेश भवनमा सरसफाइ गरिएको छ ।
गृह संचार तथा कानुन मन्त्रालयको आयोजनामा मधेश भवन परिसर आज बिहान सरसफाइ गरिएको हो ।
गृह संचार तथा कानुनमन्त्री राजकुमार लेखीको नेतृत्वमा मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले सरसफाइ गरेका हुन् । प्रशासनिक क्षेत्र हुँदै आवस क्षेत्रसम्म सरसफाइ गरिएको हो ।
मन्त्री लेखीले मधेश भवनमा गृह मन्त्रालय बाहेक अन्य मन्त्रालय नियमित सरसफाइको अभाव रहेको बताए ।
अन्य मन्त्रालय तथा कर्मचारीका आवस क्षेत्रमा नियमित सरसफाई भए वातावरण सफा एवं मधेश भवन बारे सकरात्मक संदेश बाहिर जाने उनको भनाइ थियो ।
उनले मधेशमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले अपारध न्यूनीकरण, समाजका लागि उत्कृष्ट र नतिजामुखी काम गरे मन्त्रालय त्यस अनुसारको सुविधा दिन सक्ने आश्वासन दिए ।
गणतन्त्र दिवस गृह मन्त्रालयले तीन दिवसीय कार्यक्रम गरी मनाउन थालेको छ । आज सरसफाइ कार्यक्रम थियो भने बिहीबार नेपाल पत्रकार महासंघद्वारा स्वतन्त्रता सेनानी उपाधि पाएका वरिष्ठ पत्रकारहरुलाई कदरपत्र र नगदसहित अभिनन्दन गर्ने कार्यक्रम राखेको छ ।
मधेशको आठवटै जिल्लाबाट दुई–दुईजना स्वतन्त्रता सेनानीहरुलाई अभिनन्दन गरिने मन्त्री लेखीले बताए ।
यस्तै शुक्रबार जानकी मन्दिर प्रांगणमा सरसफाइ र मानव सेवा आश्रममा भोजन गराउने कार्यक्रम मन्त्रालयले राखेको छ ।
प्रतिक्रिया 4