+
+
Shares

लसुनको मूल्य घट्यो, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते ११:५२

१४ जेठ, काठमाडौं । स्थानीय बजारमा लसुनको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार बुधबार लसुनको भाउ घटेको हो ।

आज नेपाली लसुनको मूल्य किलोमा १४ रुपैयाँ घटेको छ । मंगलबार कालीमाटी बजारमा लसुन प्रतिकिलो १९० रुपैयाँमा किनबेच भएको थियो । आज भने लसुनको प्रतिकिलो मूल्य १७६ रुपैयाँ कायम छ ।

यस्तै चाइनिज लसुन भने प्रतिकिलो २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । वैशाख अन्तिम साता बजारमा नेपाली लसुन प्रतिकिलो २ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) अवधिमा नेपालमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात भएको छ । आयातित लसुनमध्ये ६ अर्ब ५० करोड २३ लाख २० हजार रुपैयाँको ४ करोड ९३ लाख २७ हजार ३ सय ६७ किलो लसुन चीनबाट मात्रै आयात भएको छ ।

नेपालमा पछिल्लो समय लसुन आयात अस्वाभाविक भएको तथ्यांकले देखाउँछ । धेरै परिमाण आयात हुँदा पनि चाइनिज लसुनको भाउ खासै घटेको देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?