News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
- विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरे।
- गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले संसद् अवरोध गरे।
१४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।
बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् ।
विपक्षी दलहरूको निरन्तरको नारावाजी र अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
प्रतिक्रिया 4