
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।
- उनले अख्तियारको स्वतन्त्र अनुसन्धान र गृहमन्त्रीको राजीनामाको माग गरे।
- सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै सदन चल्न नदिने चेतावनी दिए।
१४ जेठ, काठमाडौं। रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा वर्तमान मन्त्रीपरिषद्का मन्त्री जोडिएकाले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले अख्तियारले स्वतन्त्र रुपमा अनुसन्धान गर्न नपाउने होकी भन्ने आशंका उत्पन्न भएकाले गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने आफूहरुको बटमलाइन भएको स्पष्ट पारे ।
सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाए । सत्तापक्ष सांसद वा गृहमन्त्रीलाई बोल्न दिने भएमात्रै प्रतिपक्षीलाई बोल्न नदिने भन्दै सभामुखले बार्गेनिङ गरेको उनले बताए ।
सांसद पराजुलीले आफूहरुको माग यथावत रहेकाले त्यसलाई सम्बोधन नभएसम्म सदन चल्न नदिने जिकिर गरे ।
प्रतिक्रिया 4