+
+
Shares
गृहमन्त्रीको पत्रकार सम्मेलन :

‘मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भइरहेको छ’

भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री रमेश लेखकले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण आक्रमण भएको बताएका छन्।
  • उनीहरूले भिजिट भिसा प्रकरणमा संलग्नता नभएको स्पष्ट पारे।
  • उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको र सबैले हेरिरहेको बताए।

१४ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नियोजित र षड्यन्त्रपूर्ण ढंगले आफूमाथि आक्रमण भइरहेको बताएका छन् ।

भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’

उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको भन्दै सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको जिकिर गरे ।

‘अख्तियारको अनुसन्धानको विषयलाई लिएर यसमा मन्त्रीको पनि संलग्नता छ भनेर प्रचारप्रसार भएका छन् । सबैभन्दा पहिला यो जसरी यो विषयमा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा र समाचार आएका छन्, यो असत्य कुरा हो । मेरो कुनै संलग्नता छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?