
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटाएको घोषणा गर्यो।
- सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनभन्दा १ हजार ४ सय रुपैयाँ कम हो।
- चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ।
१५ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ३ सय रुपैयाँ थियो ।
उच्च मूल्यबाट भने सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटिसकेको छ । वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ५ रुपैयाँ रहेको चाँदी आज आज १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4