+

नेपाली क्रिकेट टिमले स्कटल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै

२०८२ जेठ  १५ गते १२:१७ २०८२ जेठ १५ गते १२:१७
नेपाली क्रिकेट टिमले स्कटल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डको ए टिमसँग अभ्यास एकदिवसीय खेल खेल्दैछ।
  • लिग २ अघि अभ्यास खेलहरूमा नेपालले सबै जित हासिल गरेको छ।
  • नेपालले जुन २ र ४ मा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ।

१५ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डको ए टिमसँग अभ्यास एकदिवसीय खेल खेल्दै छ ।

लिग २ अघि हुने दुई अभ्यास खेलअन्तर्गत पहिलो खेल बिहीबार दिउँसो पौने ४ बजेदेखि स्कटल्याण्डको फोर्फाशायर क्रिकेट क्लबमा हुनेछ ।

स्कटल्याण्डको ए टिममा केही सिनियर टिमका खेलाडीहरू पनि समावेश छन् । कप्तानी क्रिस्टोफर म्याकब्राइडले गर्नेछन् जसले सिनियर टिमबाट खेलिसकेका छन् ।

त्यस्तै लिग २ मै खेल्ने सिनियर टिममा रहेका चार खेलाडीहरू पनि ए टोलीमा समावेश छन् जसमा लियाम नेलर, म्याकेन्जी जोन्स, चार्ली कासेल र ओली डेभिडसन छन् ।

स्कटल्याण्ड जानुअघि नेपालले युकेमा विभिन्न काउन्टी टिमहरूसँग अभ्यास खेल खेलेको थियो । नेपाल सबै अभ्यास खेलमा अपराजित रह्‍यो ।

स्कटल्याण्डको ए टिमसँग नेपालले दोस्रो अभ्यास खेल शनिबार खेल्नेछ । त्यसपछि लिग २ शृंखला सुरु हुनेछ ।

नेपालले जुन २ मा स्कटल्याण्डसँग खेल्ने छ भने जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्ने छ ।

त्यस्तै जुन ८ मा पुन: स्कटल्याण्डसँग तथा जुन १० मा नेदरल्याण्ड्ससँग खेल्ने छ । हाल नेपाल ८ टोलीमध्ये पुछारमा छ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् ।

स्कटल्याण्ड ए को टोली : क्रिस म्याकब्राइड (कप्तान), उजैर अहमद, लोयड ब्राउन, चार्ली कासेल, ओली डेविडसन, जेम्स डिकिन्सन, जेमी डन्क, ओवेन गोल्ड, जैनुल्लाह इहसान, म्याकेन्जी जोन्स, ग्याभिन मैन, लियम नेलर, एड्रियन नील, लुइस ओ’डोनेल

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय