+
+
Shares

राप्रपाले भन्यो- हाम्रा समर्थकलाई नाकामा अनावश्यक सोधपुछ भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १२:०७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा ले राजसंस्था पक्षधरहरूको आन्दोलनमा सहभागी हुन काठमाडौं आउने क्रममा नाकामा अवरोध भएको आरोप लगाएको छ।
  • प्रवक्ता श्रेष्ठले समर्थकहरूलाई अनावश्यक सोधपुछ र आवागमनमा बाधा पुगेको बताएर प्रशासनको ध्यानाकर्षण गराएका छन्।
  • राजसंस्था पुनस्थापना माग गर्दै राप्रपा र अन्य दलहरूले काठमाडौंमा प्रदर्शन गर्दैछन्।

१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पक्षधरहरू आन्दोलनमा सहभागी हुन आउने क्रममा विभिन्न नाकामा अवरोध भइरहेको आरोप लगाएको छ ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत विभिन्न भूगोलबाट काठमाडौं आइरहेका आफ्ना समर्थकहरूलाई नाकामा अनावश्यक सोधपुछ गर्ने काम भइरहेको बताएका हुन् ।

‘राजसंस्था पक्षधरहरूको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाडौं आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सूचना आएको छ,’ श्रेष्ठले भनेका छन् ।

साथै, उनले त्यस्ता क्रियाकलाप नगर्न र सहज वातावरण बनाउन पनि प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

‘सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछु,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

राजसंस्था पुनस्थापना लगायतका माग राख्दै राप्रपासहितका दलहरूको समर्थनमा राजावादीहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?