+
+
Shares

राप्रपाले ७ ठाउँबाट जुलुस निकाल्ने, लिङ्देन मैतीदेवीको जुलसमा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १२:२६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ जेठमा काठमाडौं उपत्यकाका सात ठाउँबाट जुलुस निकाल्ने योजना बनाएको छ।
  • अध्यक्ष राजेन्द्र लिङ्देनले मैतीदेवीबाट निस्कने जुलुसमा सहभागी हुने बताए।
  • उपत्यकामा राप्रपाका समर्थनमा राजावादीहरूले प्रदर्शन गर्दैछन्।

१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकाल्ने भएको छ ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, उपत्यकाका विभिन्न सात ठाउँबाट आन्दोलनका लागि जुलुस निकालिनेछ ।

अध्यक्ष राजेन्द्र लिङ्देन भने मैतीदेवीबाट निस्कने जुलुसमा सहभागी हुने उनले बताए ।

‘विभिन्न सात ठाउँबाट जुलुस निक्लिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्षज्यू मैतीदेवीबाट सुरु हुने जुलुसमा सहभागी हुनुहुनेछ ।’

राप्रपासहितको समर्थनमा आज उपत्यकामा राजावादीहरूले प्रदर्शन गर्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?