
सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय । फाइल तस्वीर ।
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा विभाजन गर्न प्रस्ताव गरेको छ।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यूरोपेली यूनियनको कालोसूचीबाट नेपाललाई हटाउन आवश्यक कदम चालिने बताए।
- त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब बजेट विनियोजन गरिएको छ र अन्य विमानस्थलहरूलाई पर्यटन र श्रमिक सुविधाका लागि विकास गरिनेछ।
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने घोषणा गरेको छ । यसबारे अहिले संसदमा विधेयक पुगिसकेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आव भित्र नेपाललाई यूरोपेली यूनियनको कालोसूचीसबाट समेत हटाउन आवश्यक काम गरिने बताए । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब बजेट सरकारले विनियोजन गरेको छ ।
भैरहवा विमानस्थल श्रमिकको किफायती हुने गरी सञ्चालनमा ल्याउने र पोखरा विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा विकास गर्ने समेत घोषणा उनले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4