News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमा ५४ करोड रुपैयाँ राष्ट्रिय खेलकुदको लागि विनियोजन गरे।
- अघिल्लो वर्ष ६० करोड बजेट भए पनि मितिको स्थगनका कारण आयोजना हुन सकेन।
- पछिल्लो पटक २०८२ जेठमा आयोजना गर्ने भनिए पनि स्थगित भएको छ।
१५ जेठ, काठमाडौं । सरकारले दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सुर्खेतमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुदको लागि ५४ करोड बजेट विनियोजन गरेका हुन् ।
यसअघि अघिल्लो आर्थिक वर्षमै हुने तय भएको दशौँ राष्ट्रिय यखेलकुदका लागि ६० करोड बजेट विनियोजन गरिएको थियो । तर दुई पटक मिति सर्दा समेत तोकिएको समयमा दशौँ राष्ट्रिय खेलकुद आयोजना हुन सकेन ।
पछिल्लो पटक २०८२ जेठमा दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिएपनि स्थिगत गरिएको हो । त्यसपछि दशौंको नयाँ मिति घोषणा गरिएको छैन ।
प्रतिक्रिया 4