+

खेलकुदको बजेट उत्साहजनक छ : मन्त्री चौधरी

२०८२ जेठ  १५ गते १७:३२ २०८२ जेठ १५ गते १७:३२
खेलकुदको बजेट उत्साहजनक छ : मन्त्री चौधरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका लागि उत्साहजनक बजेट आएको प्रतिक्रिया दिए।
  • राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पनि बजेट राम्रो भएको बताए।
  • अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोडको बजेट विनियोजन गरेपछि खेलकुद क्षेत्रमा चुनौती पनि थपिएको छ।

१५ जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलाडी र खेलकुदका लागि उत्साहजनक बजेट आएको प्रतिक्रिया दिएका छन् ।

‘खेलकुदमा राम्रो बजेट आएको छ । पुँजिगतमा बजेट धेरै छ । त्यो खर्च गर्न सक्नुपर्छ’ उनले अनलाइनखबरसँग कुरा गर्दै भने ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले पनि छोटो प्रतिक्रिया दिँदै बजेट राम्रो भएको बताए ।’बजेट उत्साहपूर्ण छ । राम्रो छ, खेलकुदमा उत्साह जगाउने खालको छ’ उनले भने ।

यसपटक खेलकुद क्षेत्रमा बजेट बढेर आएको छ । अर्थमन्त्री विष्णु पौडेलले युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोडको बजेट विनियोजन गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)का अध्यक्ष दिपक श्रेष्ठले बजेट बढेर आउनु राम्रो भएको उल्लेख गर्दै यसका साथ चुनौती पनि थपिएको बताए ।

‘बजेट बढेर आउनु राम्रो हो । त्यसका साथै चुनौती पनि थपिएको छ । ६ अर्ब बढी बजेट खेलकुदमा इतिहास नै हो । १ प्रतिशत नै होला’ उनले भने, ‘बजेट बढ्नुदा चुनौती पनि हुन्छ । फ्रिज होला कि भन्ने डर हुन्छ । त्यसमा व्यवस्थापन चुस्त हुनुपर्छ।’

खेलकुदको बजेट खेलकुदमन्त्री तेजुलाल चौधरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय