
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षको बजेटमा मल उत्पादनका मेसिन र उपकरण आयातमा भन्सार महसुल र अन्य कर खारेज गरेको छ।
- बजेटले ग्रिन हाइड्रोजन उद्योग र ऊर्जा स्रोतबाट विद्युत् सञ्चय गर्न आवश्यक उपकरणमा कर नलाग्ने व्यवस्था गरेको छ।
- पैठारी मेसिन र उपकरणमा पाँच वर्षसम्म आयकर छुट र १ प्रतिशत भन्सार महसुलको व्यवस्था गरिएको छ।
१५ जेठ, काठमाडौं । सरकारले मल उत्पादन कारखानाका मेसिन तथा उपकरण आयात गर्दा भन्सार महसुल हटाइ अन्य कर तथा महसुल खारेज गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले यस्ता मेसिन आयातमा भन्सार महसुल तथा अन्य कर हटाउने घोषणा गरेको हो ।
ग्रिन हाइड्रोजन उत्पादन गर्ने उद्योगका लागि पैठारी हुने मेसिनरी उपकरणमा सबै किसिमका कर महसुल नलाग्ने व्यवस्था समेत गरिएको छ ।
ग्रिन हाइड्रोजन उत्पादकलाई ५ वर्षसम्म आयकर छुट दिइने भएको छ । सौर्य ऊर्जा तथा वायु ऊर्जाबाट विद्युत् सञ्चय गर्न आवश्यक पर्ने ब्याट्री तथा अन्य उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4