News Summary
Generated by OK AI. Editorially reviewed.- आईपीएल इलिमिनेटर खेलमा गुजरात टाइटान्स र मुम्बई इन्डियन्स भिड्दैछन्।
- विजेताले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्ससँग खेल्नेछ।
- गएराति भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाबलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ।
१६ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज इलिमिनेटर खेल हुँदै छ। जहाँ एकपटकको विजेता गुजरात टाइटान्सले पाँचपटकको विजेता मुम्बई इन्डियन्सको सामना गर्नेछ ।
खेल पञ्जाबको न्यू चण्डीगढमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएको थियो ।
यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा पुगेर फाइनल प्रवेशका लागि पञ्जाब किङ्ससँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिने छ ।
गएराति भएको पहिलो खेलमा पञ्जाबलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु सिधै फाइनलमा प्रवेश गरेको छ । पञ्जाबलाई दोस्रो क्वालिफायर खेल्ने अर्को मौका हुनेछ ।
लिग चरणमा गुजरात र मुम्बईबीच भएको एकमात्र खेलमा गुजरातले १ बल बाँकी छँदा रोमाञ्चक जित निकालेको थियो ।
गुजरातका लागि यस महत्वपूर्ण खेलमा भरपर्दा टप अर्डर ब्याटर जस बट्लर उपलब्ध हुने छैनन् । मुम्बईका पनि टप अर्डरका रायन रिकेल्टन र विल ज्याक्स उपलब्ध छैनन् ।
प्रतिक्रिया 4