+

मदन भण्डारी कप करातेको उपाधि योङ हार्ट्स स्कुललाई

२०८२ जेठ  १६ गते १३:५५ २०८२ जेठ १६ गते १३:५५
मदन भण्डारी कप करातेको उपाधि योङ हार्ट्स स्कुललाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरले गणतन्त्र दिवसको अवसरमा कराते प्रतियोगिता आयोजना गरेको छ।
  • योङ हार्ट्स स्कुल गोकर्णेश्वरले प्रथम स्थान हासिल गर्‍यो र ७ स्वर्ण पदक जित्यो।
  • प्रतियोगितामा ३० विद्यालय/डोजोका ४६० खेलाडीले भाग लिएका थिए।

१६ जेठ, काठमाडौं । मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरले गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको उपाधी योङ हार्ट्स स्कुल गोकर्णेश्वरले जितेको छ।

कुल ३० स्वर्ण पदकका लागि भएकोमा प्रतिस्पर्धामा योङ हार्ट्सले ७ स्वर्ण २ रजत र ४ कास्य पदक जित्दै टिम प्रथम भयो भने, ५ स्वर्ण २ रजत र ४ कास्य सहित बौद्ध डोजो दोस्रो, ४ स्वर्ण २ रजत र ३ कास्य सहित उत्तरबाहिनी डोजो तृतीय भयो।

योङ हार्ट्सका लागि एरिन्ज थोकर,निशा तामाङ,प्राश्ना के सी, मिलन मगर, बरदान मोक्तान,टीकामाया जिम्मी,समीर घलानले स्वर्ण पदक दिलाए,भने देबआशिष् खड्का र इभान्जेलिना बस्नेत रजत पदकमा सीमित भए।

मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरको आयोजनामा शङ्खडोल कराते हल गोकर्णेश्वरमा भएको प्रतियोगितामा उपत्यका भित्रका ३० स्कुल/डोजोका ४६० जना खेलाडीको सहभागिता रहेको थियो।

बिजयी खेलाडीहरु लाई गोकर्णेश्वर नगरपालिका मेयर दिपक कुमार रिसाल,वडा न ५ का अध्यक्ष नारायण बहादुर सुवेदी,प्रतियोगिताका संयोजक श्रीकुमार श्रेष्ठ,मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरका अध्यक्ष केशब प्रसाद सिङ्खडा शंखडोल कराते एकेडमी प्रमुख शिवराम कारन्जित लगायतले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए।

मदन भण्डारी कप कराते

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय