+
+
Shares

चेम्बरले सार्वजनिक गर्‍यो हीरक जयन्ती लोगो

मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक वर्षगाँठका अवसरमा चेम्बरले वार्षिक रूपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सले ७५औं वर्षगाँठको अवसरमा हीरक जयन्ती लोगो सार्वजनिक गरेको छ ।
  • कार्यक्रममा अध्यक्ष कमलेशकुमार अग्रवाल र श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरे।

१६ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५औं वर्षगाँठका अवसरमा हीरक जयन्ती लोगो सार्वजनिक गरेको छ ।

काठमाडौं जमलस्थित चेम्बर भवनमा आज शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र सल्लाहकार परिषद् अध्यक्ष एवं हीरक जयन्ती मूल समारोह समिति संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरे ।

मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक वर्षगाँठका अवसरमा चेम्बरले वार्षिक रूपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदैछ ।

हीरक जयन्ती भव्यतासाथ सम्पन्न गर्न सल्लाहकार परिषद् अध्यक्ष एवं पूर्वअध्यक्ष श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मूल समारोह समिति गठन गरिसकेको छ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिलाई हीरक जयन्तीका अवसरमा उजागर गर्दैछ ।

२००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । चेम्बर अभियान ७५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती भव्य बनाउने तयारी भएको सल्लाहकार परिषद् अध्यक्ष एवं पूर्वअध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?