+
+
Shares

हेल्मेटको भन्सार बढ्यो, महँगिने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक विधेयक अनुसार हेल्मेटमा भन्सार शुल्क १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याइएकाे छ।
  • जलयात्रा व्यवसायीलाई भने पहिलोपटक १०० हेल्मेट आयात गर्दा ५ प्रतिशत भन्सार लाग्नेछ।
  • चालू आर्थिक वर्षको १० महिनामा ६७ करोड ३९ लाख रुपैयाँ बराबरको हेल्मेट आयात भएको छ।

१६ जेठ, काठमाडौं । मोटरसाइकल, स्कुटर प्रयोगकर्ता वा निर्माण क्षेत्रमा काम गर्ने जनशक्तिले प्रयोग गर्ने हेल्मेटमा लाग्दै आएको भन्सार बढेको छ । यसअघि हेल्मेटमा १५ प्रतिशत भन्सार लाग्दै आएकोमा अब २० प्रतिशत लाग्ने आर्थिक विधेयकमा उल्लेख छ ।

तर, पर्यटन विभागको सिफारिसमा जलयात्राको व्यवसाय गर्ने राफ्टिङ सेवा सञ्चालन गर्ने व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका लागि १ सय थान यस्तो हेल्मेट पहिलोपटक आयात गर्दा भने ५ प्रतिशत मात्रै भन्सार महसुल लिने व्यवस्था पनि आर्थिक विधेयकमा गरिएको छ ।

चालू आर्थिक वर्षको १० महिनामा ६७ करोड ३९ लाख रुपैयाँका हेल्मेट आयात भएको छ । यस अवधिमा ६१ लाख ९१ हजार थान हेल्मेट आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यसमध्ये ४५ लाख ५५ हजार हेल्मेट भारतबाट आयात भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?