
प्रतिकात्मक तस्वीर
१६ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन दिएर ठगी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएको २७ वर्षीय अशोक कुमार साहु रहेका छन् ।
बेरोजगार युवायुवतीलाई कुवेतमा रोजगारीको प्रलोभन देखाएर ४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा साहुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।
रकम असुलेर सम्पर्कबिहिन भएका साहुविरुद्ध पीडितहरुले जाहेरी दिएपछि शुक्रबार उनलाई पक्राउ गरि थप अनुसन्धानका लागि वैदेशि रोजगार विभाग ताहाचल पठाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4