+
+
Shares

कुकुर, जसले मान्छेलाई कहिले अपराध अनुसन्धान त कहिले अन्तरिक्ष खोजमा सघाउँदै आए

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मान्छे र कुकुरको सम्बन्ध पाषण युगदेखि सुरु भएको हो, जसले शिकार, सुरक्षा र अनुसन्धानमा सहयोग पुर्‍याउँदै आएको छ।
  • सन् १९२५ मा साइबेरियन हस्की टोगोले महामारीको समयमा औषधि ढुवानी गरी धेरैको ज्यान बचाएको थियो।
  • अन्तरिक्षमा पहिलो जीवित प्राणी सोभियत संघको लाइका कुकुर थियो, जसले पृथ्वीको कक्षमा परिक्रमा गर्‍यो।

मान्छे र कुकुरको सम्बन्ध पाषण युगबाट सुरु भएको हो । त्यसबेला शिकार र सुरक्षाका लागि मान्छेले कुकुरलाई आफ्नो साथी बनाए । त्यसयता कुकुरले आफ्नो विशिष्ठ क्षमताको प्रयोग गरेर मान्छेलाई विभिन्न काममा सहयोग गर्दै आए । घर परिवारको माहौल रमाइलो बनाउन मात्र नभई उद्वार कार्यमा, अपराध अनुसन्धानमा कुकुरले सहयोग गर्दै आएको छ । कतिपय अवस्थामा यो प्राणीलाई मान्छेले आफ्नो खातिर प्रयोगशाला बनाए ।

तर, मान्छेले कुकुरप्रति गर्ने व्यवहार त्यती राम्रो छैन । औसत १३ वर्षको छोटो आयु लिएर यस धर्तीमा आएका कुकुर पनि हामी जस्तै यो दुनियाँमा पहिलो पटक जीवनको अनुभव गरिरहेका छन् । तर,  उनीहरूले कहिल्यै अघाउँजी खान पाउँदैनन्, न सजिलो बस्ने ठाउँ नै । सधै सडकमा एक्लो र बेसाहरा जीवन बाँच्छन् ।

टोगो : जसले महामारीमा लाखौं बच्चाको ज्यान बचाए

टोगो एक साइबेरियन हस्की कुकुर थियो, जसले सन् १९२५ मा अलास्कामा ‘डिप्थेरिया’ नामक महामारीको समयमा एकदमै जोखिमपूर्ण यात्रा गरे औषधि ढुवानी गरिदियो, जसले धेरै बालबालिकाको ज्यान जागियो ।

उमेरले बुढो टोगोले आफ्ना मालिक लियोनहार्ड सेप्पालासँग सबैभन्दा खतरनाक र लामो खण्ड (२६१ माइल) को यात्रा पूरा गरेको थियो । बरफले ढाकिएको बाटो, आँधीबेहरी र (३० डिग्रीको चिसोमा १२ वर्षको उमेरमा उनले स्लेज टोलीको नेतृत्व गरे ।

अस्थिर बरफमाथि दुई पटक यात्रा गरेर उनले औषधि पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । टोगोको साहस र बुद्धिमत्ताले धेरैको ज्यान बचायो ।

लाइका : जसले वैज्ञानिकलाई अन्तरिक्ष अध्ययनको लागि बाटो खुलाइदिए

 

३ नोभेम्बर सन् १९५७ मा एउटा सडक कुकुरलाई सोभियत संघले अन्तरिक्षमा एक्लै पठाएको थियो । स्पुतनिक २ अन्तरिक्ष यानमार्फत ३ नोभेम्बर १९५७ मा पृथ्वीको कक्षमा पठाएको थियो। यो कुकुर पहिलो जीवित प्राणी बन्यो जसले पृथ्वीको कक्षमा परिक्रमा गर्‍यो । सोभियत वैज्ञानिकहरूले मानव अन्तरिक्ष यात्राको सम्भाव्यता जाँच्न लाइकालाई पठाएका थिए, किनकि त्यतिबेला अन्तरिक्ष यात्राको जैविक प्रभावबारे धेरै कुरा अज्ञात थियो ।

स्मोकी : जसले घाइते सैनिकलाई आरम र खुसी दिए

यो सानो ‘यर्कशायर टेरियर’ नश्लको कुकुरले दोस्रो विश्वयुद्धपछि अस्पतालमा घाइते कुकुरहरुलाई थेरापी प्रदान गरेर कुकुर थेरापीको अवधारणा स्थापित गर्न मद्दत गरिन् ।

रिन टिनटिन : जसले हलिउडलाई आर्थिक संकटबाट बचाए

प्रथम विश्वयुद्धपछि उद्धार गरिएको यो जर्मन सेफर्ड जातको कुकुर हलिउडको स्टार बन्यो । १९२० को दशकमा यसका फिल्महरूले वार्नर ब्रदर्स स्टुडियोलाई आर्थिक सङ्कटबाट बचायो र कुकुरलाई सांस्कृतिक प्रतीक बनायो ।

हाची : जसले मान्छे र पशुको सम्बन्धलाई नयाँ आयममा परिभाषित गरे

अकिता इनु जातको यस कुकुरले मान्छे र कुकुरको सम्बन्धलाई नयाँ आयममा परिभाषित गरिदियो । १९२० को दशकमा आफ्ना मालिक हिदेसाबुरो उएनोलाई हरेक दिन रेल स्टेसनमा कुरिरहन्थे, जबकि मालिकको हृदयघातबाट मृत्यु भइसकेको थियो । जापानमा यस कुकुरको प्रतिमा बनाएको छ, जो एक पर्यटकिय गन्तव्यको रुपमा स्थापित छ । त्यस्तै यही कुकुरको कथालाई लिएर हलिउडले फिल्म निर्माण गरेको छ ।

फ्रिडा : जसले भूकम्पमा पुरिएका मान्छेहरुलाई बचाए

फ्रिडा एक ‘ल्याब्राडर रिट्रिभर’ जातको मेक्सिकोको नौसेनाद्वारा प्रशिक्षित कुकुर हो । यसले सन् २०१७ को मेक्सिको भूकम्पमा फ्रिडाले भग्नावशेषमा फसेका ५२ जनालाई खोजेर उद्धार गर्न सहयोग गर्‍यो, जसमध्ये १२ जना जीवित थिए । उनको असाधारण घ्राणशक्ति र प्रशिक्षणले भूकम्प प्रभावित क्षेत्रमा जीवन रक्षा सम्भव बनायो । फ्रिडाले २०१० को हैटी भूकम्प र २०१३ को मेक्सिको ग्यास विस्फोटमा पनि उद्धार कार्यमा भाग लियो । उनको साहस र समर्पणले विश्वभर प्रशंसा पायो, र उनलाई मेक्सिकोमा राष्ट्रिय नायकको रूपमा सम्मान गरियो ।

पेट्रोन : जसले रुस–युक्रेन युद्धमा घाइतेलाई खोज्न ज्यानको बाजी थापे

युक्रेन–रुस युद्धमा पेट्रोन नामक कुकुरले सयौँ बारूदी सुरुङ पत्ता लगाएर धेरैको ज्यान बचाए, जसले उनलाई अन्तर्राष्ट्रिय ख्याति दिलायो । ज्याक रसेल टेरियर प्रजातिको यस कुकुरलाई ‘युद्धको हिरो’ उपमा दिइयो । उनीसँगै त्यहाँ खटिएका कुकुरहरुले घाइतेहरूलाई खोज्न र स्थानीय बासिन्दालाई भावनात्मक सहारा प्रदान गर्न पनि मद्दत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?