+
+
Shares

राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ

पक्राउ परेका व्यक्तिलाई अहिले प्रहरी परिसर भद्रकालीमा लगिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १७ जेठ, काठमाडौंमा राजावादीहरूको प्रदर्शनका क्रममा एक व्यक्तिलाई घुसपैठ गरेको आरोपमा पक्राउ गरिएको छ।
  • प्रदर्शन १५ गतेदेखि जारी छ र आज दरबारमार्ग क्षेत्रमा गर्नुपर्ने थियो, तर क्षेत्र निषेधित भएपछि शान्तिबाटीमा गरियो।
  • प्रदर्शनको मागमा राजसंस्था पुनःस्थापनाको लागि हो र राप्रपा, राप्रपा नेपाल समर्थनमा छन्।

१७ जेठ, काठमाडौं । राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको भन्दै एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, आन्दोलनको क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति केहीबेर अघि पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ ।

राजसंस्था पुनस्र्थापनासहितको माग राखेर गत १५ गतेदेखि काठमाडौंमा प्रदर्शन भइरहेको छ । राप्रपा, राप्रपा नेपालसहितको समर्थनमा जारी आन्दोलन आज दरबारमार्ग क्षेत्रमा गर्ने भनिएको थियो ।

यद्यपि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा भएपछि राजावादीहरूले शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?