
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अनुसार आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो।
- सुनको भाउ शुक्रबारको तुलनामा ३ सय रुपैयाँले वृद्धि भएर १ लाख ८८ हजार ८०० रुपैयाँ पुगेको छ।
- चाँदीको भाउ पनि सामान्य रूपमा ५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको छ।
१८ जेठ, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ ।
आज सुनको भाउ तोलामा ३00 रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलाको एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4