+
+
Shares

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १८:२०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १८ जेठ काठमाडौंमा आकस्मिक बैठक बोलाएको छ।
  • बैठक राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग राख्ने आन्दोलनसँग सम्बन्धित छ।
  • पक्राउ परेका सांसद दिपक सिंह र अध्यक्ष कमल थापा लगायतको विषयमा छलफल हुने अपेक्षा छ।

१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितको माग राखेर भइरहेको आन्दोलनको क्रममा आफ्ना सांसद दिपक सिंह, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत पक्राउ परेपछि राप्रपाको आकस्मिक बैठक बोलाइएको हो ।

बैठक केहीबेरमै बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

गत १५ जेठदेखि जारी राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा थापासहित ८ जना पक्राउ परेका थिए ।

केहीबेरपछि प्रहरी परिसर काठमाडौं पुगेका सांसद सिंहलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको छ ।

राजावादीको प्रदर्शनका क्रममा आइतबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिइएको थियो ।

राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । उनीहरूका अनुसार यो प्रदर्शन अनिश्चित समयसम्म हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?